१२ बैशाख २०८१, बुधबार

सञ्चारकर्मी चापागाईलाई प्राधिकरण बितरण केन्द्रका प्रमुखद्धारा दुव्र्यवहार

कपिलवस्तु , १४ साउन
नेपाल बिधुत प्राधिकरण तौलिहवा बितरण केन्द्रका प्रमुख हिमाशुं कुमार यादवले सञ्चारकर्मी खग प्रसाद चापागाईलाई दुव्र्यवहार गरेका छन । बितरण केन्द्रले गत आर्थिक बर्षमा ट्रान्सफर्मर बितरण गर्दा र कार्यालयले बितरण गरेको कोटेशनमा अनियमितता भएको जन गुनासोका आधारमा गत श्रावण २ गते कार्यालयमा सुचनाको हक अनुसार गत आवको ट्रान्सफर्मर बितरण गर्दा र कार्यालयले बितरण गरेको कोटेशनको संख्या र भुक्तानीको अवस्था बारेको सुचना माग्दै निवेदन दिएका थिए । पत्रकार चापागाईले दिएको निवेदनमा बितरण केन्द्र प्रमुखले तोक नलाउदा निवेदन दर्ता नभएकाले तोकका लागी प्रमुखको कार्यकक्षमा पुग्दा प्रमुख यादवले सुचना दिन नमिल्ने भन्दै दुव्र्यवहार गरेका थिए । आफनो पहुच केन्द्र सम्म रहेको बताउदै सुचना नदिने र सुचना मागे कुटेर ठिक पार्ने उनले चेतावनी दिएका थिए । चापागाई माथी दुव्र्यवहार भए लगत्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरी, जिल्ला अध्यक्ष डिलाराम भुसालको नेतृत्वको सञ्चारकर्मीको टोली प्रमुख यादवलाई कारवाही गर्नु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । प्रमुख जिल्ला अधिकारी मदन भुजेलको रोहवरमा भएको छलफलमा प्रमुख यादवले आफुले आवेशमा आएर दुव्र्यवहार गरेको स्विकार गर्दै चापागाई साग माफी मागेका छन । यसै बिच नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालद्धारा जारी प्रेस बिज्ञप्तीमा सुचनाको हक सम्बन्धि ऐन अनुसार मागिएको सुचना उपलब्ध गराउनुको सट्टा सञ्चारकर्मीलाई दुव्र्यवहार गर्ने कार्य प्रति गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ । सञ्चारकर्मीलाई दुव्र्यवहार गर्ने बितरण केन्द्र प्रमुखलाई बिभागले अनुशासनको कारवाही गर्नु पर्ने माग बिज्ञप्तीमा उल्लेख गरिएको छ । सञ्चारकर्मी चापागाई हिमालय टेलिभिजन र बुटवल टुडे राष्ट्रिय दैनिकमा कार्यरत रहेका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट