१३ बैशाख २०८१, बिहीबार

राहतकाे मलखाद किसान नपाएर फ्याक्ट्रीमा , विराेध गर्ने प्रहरी खाेरमा

 

कृष्णनगर , साउन ७ । मलखाद तस्कारीमा खासै चासाे नलिने बहादुरगंज प्रहरीले राति १५ बाेरा खाद प्लाईउड फ्याट्रीमा बरामद गरेकाे छ ।

कपिलवस्तु जिल्लामा नेपाल प्रहरीले विभिन्न वहाना बनाई आफ्नो ज्याददी बढाउंदै गएको बहादुरगंजका स्थानीय सर्वसाधारणको गुनासो बढेको छ ।
अवैधरुपले मल राखेकाे सुचना पाएपछि आईतवार बहादुरगंजमा रहेकाे प्लाइउड फ्याक्ट्रीमा स्थानिय युवाहरुले विराेध गर्न खाेज्दा प्रहरीले बहादुरगंजबाट ४ जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय चन्द्रौटा पठाएको छ ।

अाईतबार राति १० बजे स्थानीय नेपाल ईन्डो प्लाईउड फैक्ट्ीमा नेपाली कृषकका लागि आएको सहुलियत दरको मलखाद भित्रिएको भन्ने खबर आए पछि सो फैक्ट्ीमा घटना बारे बुझ्न पुगेका स्थानीय सर्वसाधारण युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । घटना बारे छानविन गरी तथ्य सत्य पत्ता लगाउनुको साटो प्रहरीले उल्टै सत्तापक्ष पार्टीकाे ससंरक्षणमा रहेका फैक्ट्ी संचालक राेहन खडका संगको मिलोमतोमा युवाहरुलाई पक्राउ गरी ईलाका प्रहरी चन्द्रौटामा युवाहरुलाई थुनाका लागी पठाएको छ ।

यसरी पक्राउ पर्नेहरुमा कृष्णनगर नगरपालिकाका स्थानीय युवाहरु राकेशमणि त्रिपाठी, सुदामा यादव, महेश पासी र शशीकान्त कश्यप रहेका छन् । धान खेती गर्ने समयमा कृषकहरुलाई रसायनिक मलखादको अभाव भएका बेला अवैध ढंगबाट प्लाईउड फैक्ट्ीमा मलखाद तस्करी भई पुगिरहेका बेला प्रहरीले फैक्ट्ी उपर अनुसन्धान गर्न छाडेर तस्करी विरुद्ध उत्रिएका युवाहरुलाई पक्राउ गरी थुनामा राख्ने प्रक्रिया अघि बढाएको छ ।

आफुलाई घटना बारे खासै थाहा नभएको तर जिल्ला प्रहरी कार्यालय तौलिहवाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज यादवको निर्देशन अनुसार ४ जना युवालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय चन्द्रौटामा पठाएको ईलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नायब निरिक्षक हेम्वर प्रसाद पाण्डेले बताउनु भयो ।

जिल्लामा प्रहरी उपरीक्षक मनोज यादव आए संगै विभिन्न वाहानामा विभिन्न राजनैतिक दल, आम अधिकारकर्मी र अगु्वा युवाहरुलाई डर धम्की र त्रास देखाएर जवरजस्ती प्रहरीको संत्रास फैलाउने काम भैरहेको स्थानीय युवाहरुले बताएका छन् । कृषकहरुलाई अति आवश्यक पर्ने मलखाद दैनिक रुपमा ठुलो परिमाणमा बहादुरगंजका प्लाईउड उद्योगहरुमा भित्रदा पनि ईलाका प्रहरी कार्यालय बहादुरगंज मौन बस्ने गरेको छ । तर त्यस्तो अवैध क्रियाकलाप विरुद्ध आवाज उठाउने युवाहरुलाई उल्टै प्रहरीले पक्राउ गरी थुनामा राख्ने गरेको छ । सत्ताको आडमा भनौं वा आर्थिक प्रलोभनमा कपिलवस्तु प्रहरीले आफ्नो कर्तव्य विर्सदै गरेको आरोप समेत लगाईएको छ ।

बहादुरगंजमा रहेका प्राय सवै प्लाईउड फैक्ट्ीहरुले सरकारी सहुलियतको रसायनिक मलखाद दैनिक रुपमा सयौं बोरा प्रयोग गर्दैै आएका छन् । अार्थिक बर्ष ०७४/७५ काे चैत्र देखि जेष्ठ मसान्तसम्ममा सयाैं टन युरिया डिएपी सहकारीहरुले कृषि सामग्री संस्थानबाट लगेका छन । ती मलखाद दिन्हुं पलाईउड फ्याक्ट्रीमा जाने गरकाे एक जना खाद व्यापारीले बताएका छन । किसानलाई नचाहिने समयमा मलखाद निकासी हुनु र खपत हुने कुरा संकास्पद रहेकाे छ । प्लाईउड फैक्ट्रीसंगको आर्थिक लेनदेन र मिलोमतोका कारण भने त्यस तर्फ प्रहरीको खासै ध्यान जान नसकेको स्थानीयले आरोप लगाएका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट