फिचर

१२७ जना चेलीको उद्धार १४ जना चेली के.आई नेपालको संरक्षणमा

 

कपिलबस्तु , साउन २ ।

के.आई नेपाल को पुरा नाम किंगडम इन्भेष्टमेन्ट नेपाल हो । मानव बेचबिखन तथा लैङ्गिक हिंसाको अन्त्य तथा नियन्त्रण गर्दै मानब बेचबिखन मुक्त समाज निर्माणको परिकल्पना सहित बि.सं. २०६४ सालदेखि के.आई. नेपालले निरन्तर कार्यहरु गर्दै आइरहेको छ ।

        भारतसाग सीमा नाका जोडिएका जिल्लाहरुमा सीमा निगरानी केन्द्र राखी के.आई.नेपालले ११ वटा जिल्लाहरुमा १३ वटा सीमा निगरानी केन्द्रहरुबाट मानव बेचबिखन तथा ओसारपसार रोक्ने कार्यहरु गरेको थियो भने मार्च २०१६ देखि ६ वटा जिल्लाहरुका ८ वटा सीमा नाकाहरुमा सीमा निगरानी केन्द्रहरुबाट मानब बेचबिखन तथा ओसारपसार रोक्ने कार्यहरु संगै पूनस्र्थापना गृह, समुदाय परिचालन र विकास परियोजना, तथा रेडियो कार्यक्रम लगायतका सचेतनामुलक कार्यक्रम संचालनमा गर्दै आएको छ ।
बिगत १० बर्ष देखि कपिलबस्तुमा क्रियाशिल रुपमा काम गदै आएको संस्था के.आई नेपालले आ.ब ७४/७५ मा भारत सीमा नाका हुदै भारततर्फ जाने महिला तथा बालिकाहरुलाई सूचना सम्प्रेषण तथा परामर्श प्रदान गरेको छ, आ.व २०७४/०७५ मा १२७ जना महिला तथा बालिकाहरुलाई उद्धार गरेको छ ,उद्धार गरिएका १२७ जना चेलीहरु मध्ये १४ जना चेलीहरुलाई उनीहरुलाई जीवनप्रति सकारात्मक आशाहरु जगाई जीवन जीउन सक्षम र सबल बनाउनका लागि सुरक्षित आवास गृह चितवन पठाएको छ भने नेपाल प्रहरीको सहयोगमा बिभिन्न समयमा बिचौलीयहरु नियन्त्रणमा लिई कानुनी दायरामा समेत ल्याएको छ ।

के.आई नेपालले मानब बेचबिखन नियन्त्रणका लागि बिभिन्न कार्यक्रम गनुका साथै सामुदायिक कार्यक्रम पनि निरन्तर अगाडी बडाउदै आएको छ ।समुदाय स्तरमा नै चेलीहरुलाई सबल र सक्षम बनाउने सोचले आयमुलक कार्यक्रम र नेतृत्वबिकास सम्बन्धि कार्यक्रमलाई जोड दिदै आएको छ । कपिलबस्तुको बुद्धभुमि नगरपालीका टिक्करमा के.आई नेपालको सहयोगमा स्थापित श्री चेली कृषि सहकारी संस्था लि. मा ३७८ जना चेलीहरु रहेको निजहरुको बचत तथा ऋण परिचालन संगै बिभिन्न तालिम तथा आयमुलक सीपमुलक र नेतृत्व बिकासका कार्यक्रमहरु ीददै आएको छ ।

त्यस्तै के.आई नेपाललले बिभिन्न समयमा स्थानीय सरकार तथा बुद्धिजिबीहरु संग मानब बेचबिखन नियन्त्रणमा छलफल तथा मानब बेचबिखनमा सक्रिय रुपमा सहयोग गर्दै आउनु भएको ब्याक्तिहरुलाई सम्मान समेत गदै आएको छ । त्यस्तै केआई नेपालले सचेतनामुलक कार्यक्रमहरु प्नि निन्तर रुपमा गर्दै आएको छ । भने भारतमा रहेका भारतीय सेनाहरुलाई समेत मानब बेचबिखन र नियन्त्रण सम्बन्धि कक्षा संञ्चालन गर्दै आएको छ ।

के.आई नेपालले छोटो समयमा राष्टिय रुपमा सम्मान तथा पुरस्कार समेत पाउन सफल भएको छ । नेपाल सरकार तथा जेष्ठ नागरिक मन्त्रालयको निर्णय बमोजिम मानब बेचबिखन र ओसारपसार बिरुद्धको राष्ट्रिय समितिमा मनोनित गरेको छ । बर्षको उत्कृष्ट सामाजिक संस्था दिल्लीमा सम्मान भएको छ भने मानब बेचबिखन प्रभाबितहरुको दिगो ब्याबस्थापनमा उत्कृष्ट संस्था भनि अमेरिका बाट पुरस्कृत भएको छ ।
मानब बेचबिखनको यात्रालाई अझै शसक्त रुपमा अगाडी बढाउने के.आई नेपालका जिलला संयोजक केसर बिशकर्माले बताएका छन बिशकर्माका अनुसार केआई नेपालले पाएको सफलता सम्पुर्ण शुभचिन्तकको मायां पत्रकारहरुको निरन्तर प्रयास र कामप्रतिको लगन शिलताल बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close