१३ बैशाख २०८१, बिहीबार

वडा एघार खुलादिशा मुक्त घाेषणा

कृष्णनगर , असार ३१ । कृष्णनगर नगरपालिकाकाे

सम्मानपत्र ग्रहण गर्दै वडाध्यक्ष फग्गु माैर्य …

वडा नम्बर एघार लाई खुला दिशा मुक्त घाेषणा गरिएकाे छ ।
सन २०१८ भित्र कपिलबस्तु जिल्ला नै खुला दिशा मुक्त घाेषणा गर्न लक्ष्य रहेकाे ले हिजाे एक कार्यक्रमका बीच कृष्णनगर नगरपालिककाे वडा ११ लाई खुला दिशा मुक्त घाेषणा गरिएकाे छ । नगर प्रमुख रजत प्रताप शाहकाे प्रमुख अतिथ्यता उपप्रमुख सबनम खातुनकाे विशिष्ट अतिथ्यता रहेकाे कार्यक्रमकाे अध्यक्षता वडाध्यक्ष फग्गु मुराउले गरेका थिए । बाल सांस्कृतिक कार्यक्रम बीच खुला दिशा मुक्त गर्न सहयाेग गरेका सहयाेगीहरुलाई सम्मान गरिएकाे थियाे ।
नवनिर्वाचित प्रतिनिधि अाएपछितीन वडा २,६ र ११ खुला दिशा मुक्त घाेषणा गर्न पाउनु सरहनिय कार्य रहेकाे संचालक वासकाे एमटी दयाराम शर्माले बताएका छन ।
कार्यक्रममा भू.पू. गा.वि.स. अध्यक्ष श्री रईस खाँ , सुआहारा का मंगलदास धवल, कमला सापकाेटा , पृथ्वी पाल , अाकाश श्रीवास्तव लगायतकाे उपस्थिति रहेकाे थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट