१३ बैशाख २०८१, बिहीबार

मिलेर बिकास कार्यमा अगाडि बढ्नुस : मन्त्री पण्डित


कृष्णनगर ,बैशाख १५ । दुई दिनदेखि कपिलबस्तु भ्रमणमा रहेका मन्त्री लालबाबु पण्डितले सबैमिलेर अगाडि बढेर नगर बिकासमा सहयाेग गर्न अाग्रह गरेका छन ।
अाज कृष्णनगर नगरपालिकाले राखेकाे चियापान कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि तथा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कृष्णनगर नगरपालिकाकाे बिकासमा सबै एकजुट भई अगाडि बढे मात्र सफल हुने अाग्रह गर्नु भयाे । उनले कर्मचारी र जनप्रतिनिधि मिलेर जनताकाे मतलाई बिकाशमा परिवर्तित गर्नु नै लक्ष्य रख्न सबैलाई सुझाव पनि दिए । नगरप्रमुख रजत प्रताप शाहकाे अध्यक्षतामा समपन्न भएकाे कार्यक्रममा ढल निकास , खानेपानी व्यवस्थापन तथा कर्मचारी समायाेजन जस्ता समास्याबारे जनप्रतिनिधिहरुले मन्त्री पण्डितलाई अवगत गराएका थिए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट