१३ बैशाख २०८१, बिहीबार

अवधी भाषामा कामकाज गर्न माग ।।

 

संवाददाता, कपिलवस्तु चैत्र ६ ।

कपिलवस्तुका सरोकारवाला व्याक्तिहरुले अवधी भाषामा स्थानिय तहमा कामकाज गर्न
माग गरेका छन । संघियता कार्यन्वयन भएसगै सबै भाषाभाषीले आप्नो भाषा
संरक्षण गर्नका लागि सरकारी कामकाज गर्न अवाज उठउदै आएको बेला कपिलवस्तुमा
पनि अवधी भाषाबाट कामकाज गर्न अवाज उठेको छ ।

नेपाल अवधी पत्रकार सघंका केन्द्रीय उपाध्यक्ष सनिउल्ला धोबी भन्छन अवधी भाषा
हाम्रो गहना हो, हाम्रो गहनाको संरक्षण गर्न हाम्रो दायित्व हो त्यसैले
भाषाको विषयमा हामी बोल्नु आजको अवाश्यकता हो । उहाले भन्नु हुन्छ
दाङमा थारु सामुदायको बहुल्यता रहेको महसुस गर्दै थारु भाषामा सरकारी
कामकाजको भाषालाई मन्यता दिइएको छ । कपिलवस्तुमा अवधी भाषाको बहुल्यता
रहेको छ त्यसैले अवधी भाषालाई कामकाजको भाषा बनाउनु पर्छ । कपिलवस्तुमा
रहेका १० वटै स्थानिय तहमा कामकाजको भाषा अवधी हुनु पर्ने पत्रकार सनिउल्ला
धोबीले बताउनु भयो ।

अवधी भाषालाई कामकाजको भाषाको रुपमा प्रयोग गर्दा कपिलवस्तुका सबै
नागरिकलाई सहज हुने नेपाल प्रेस मन्चका केन्द्रीय सचिव अंकुश कुमार श्रीवास्तव
बताउनु भयो । नेपालीलाई सम्मान गर्दै हामीले अवधीलाई पनि संरक्षण गर्ने
समय आएको समेत उहाले बताउनु भयो । नेपालमा रहेका १२५ जातजातीले बोल्ने
१२३ भाषा मध्ये अवधी भाषा पुथक भाषा रहेकोले अवधी भाषालाई कामकाजको
भाषाको रुपमा काम गरे भाषाको सम्मान र संरक्षण हुने पत्रकार श्रीवास्तवले
बताउनु भयो ।

त्यस्तै नेपाल अवधी पत्रकार संघका केन्द्रीय सदस्य दिलिप यादव भन्नुहुन्छ नेपालको
कपिलवस्तु सहित बर्दिया, बाके, दाङ, रुपन्देही, नवलपरासी, बरघाट सुस्ता पुर्वा
लगायतका जिल्लामा अवधी भाषी बढी बोलीदै आएको बताउनु भयो । सरकारी
निकायमा अवधी भाषालाई कामकाजको भाषा बनाउद नागरिकले सहज तवरले सेवा
पाउने र कर्मचारीलाई पनि सेवा प्रवाह गर्न सजिलो हुने बताउनु भयो ।

कपिलवस्तुमा अधिकांस अवधी भाषी भएकोले काम गर्नका लागि सजिलो हुने
महराजगञ्ज नगरपालिका ११ बडेगावका युवा बृजेश यादवले बताउनु भयो । हामीले
नेपाली भाषालाई सम्मान गर्नै अवधी भाषालाई संरक्षण गरेको छौ सरकारले
हाम्रो सुनुवाई गरिदिनु पर्छ भनेर उहाले बताउनु भयो । कपिलवस्तुको पुर्व
पश्चिम राजमर्गमा केही नेपाली भाषा बोलीए पनि दक्षिणी भेगमा बसोबास
गरेका सबै सामुदायले अवधी भाषा बोल्दै आएका छन ।

अवधी भाषा’ नेपालमा बोलिने एक प्रमुख भाषा हो । यो उत्तरप्रदेशको
अवधको केही जिल्लामा बोलिन्छ । जनगणना २०६८ को अनुसार नेपालमा ५,०१,७५२
जनसंख्या अवधी भाषा बोल्छन । यो तथ्याङ्क अनुसार अवधी नेपालमा बोलिने
भाषाहरूमध्ये एघारौं स्थानमा पर्दछ । सन २००१ को गणना अनुसार विश्वमा सबै
भन्दा बढी मातृभाषी भएको भाषाहरु को सुचीमा यो २९ औँ स्थानमा पर्छ ।
अवधी भारोपेली भाषा परिवारको हो । अवधी भाषा अवध क्षेत्रमा मात्रै सिमित
छैन ।अवधी भाषाको प्रवासी विश्व भरि फैलिएका छन । केही मान्छेले यो
भाषालाई सुल्तान (सम्राट)को भाषा पनि भन्ने गर्छन । अवधी लगभग ४.५
करोडजना ले बोल्छन । “अवध“ शब्दको व्यतुपत्ती “अयोध्या“ बाट भएको हो। यो
भाषाको लिपिहरु देवनागरी कैथी तथा मुण्डा लिपी प्रचलित छन् । अवधी
भाषाको सामन्यतः लेखन प्रणाली देवनागरी वा कैथीमा हुन्छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट