१३ बैशाख २०८१, बिहीबार

कपिलवस्तुमा गाई काटेको आरोपमा ४ जना पक्राउ ।।

 

सनिउल्ला धोबी कपिलवस्तु चैत्र १०

कपिलवस्तुको विजयनगर गाउापालिका वडा नं ४ ज्योतीनगरबाट गाई काटेको
आरोपमा ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा ७० बर्षीय होम बहादुर
राना, त्यस्तै कुमारी घर्ती, राम कुमारी घर्ती, कुन्ती थापा रहेको गणेशपुर
इलाका प्रहरी कार्यालयका प्रमुख खिम बहादुर घमले जानकारी दिनुभयो ।
शुक्रवार होम बहादुर राना सगा करिब २५, ३० किलो मासु फेलापरे पछी के
को मासु हो भनेर सोधपुछ गर्दा गाईको मासु भएको रानाले स्वीकार गरेको
थिए । गाई काट्नामा सहयोग गरेको भन्दै अन्यलाई पनि पक्राउ गरेको
प्रहरीले जनाएको छ । पक्राउ परेकालाई कृष्णनगर प्रहरी कार्यालयको हिरासतमा
राखीएको बताईएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट