१३ बैशाख २०८१, बिहीबार

कार्यबहालकाे पहिलै दिन प्रत्येक वडामा सरसफाई शुरु गर्ने निर्णय

शपथ लिने बित्तिकै नगर सरसफाईलाई कडाईसाथ अगाडि बढाउने अंकुश श्रीवास्तव                                          कपिलवस्तु, अासार २१ । दाेस्राे चरणकाे स्थानिय तह निर्वाचनमा बहुमत पाएका प्रमुख उपप्रमुखले शपथ लिई अाजैदेखि कार्यालय संचालन शुरु गरेका छन । जिल्लाकाे कृष्णनगर नगरपालिकाका प्रमुख निर्वााचन अधिकृत गणेश अर्यालले प्रमुख पदका रजत प्रताप शाह ,उपप्रमुख शबनम खातुन लगायत १२ जना वडाध्यक्ष तथा सदस्यहरुलाई नवनिर्वाचित प्रमुखले पद तथा गाेपनियताकाे शपथ खुवाएका छन । शपथ ग्रहण समाराेहका प्रमुख अतिथि पुर्व राज्यपरिषद सदस्य तथा वरिष्ठ समाजसेवी डा: रुद्र प्रताप शाहले निर्वाचित सबै नगर सदस्यलाई सफल कार्यकालकाे शुभकामना दिदै कृृष्णनगर नगरपालिकालाई नमुना नगरपालिका बनाउन एकजुट भएर लाग्न अाग्रह गरेका थिए । शपथपछि कार्यबहाल हुंदा नगरपलिका प्रमुख रजत प्रताप शाहले अाफ्नाे पहिलाे ऐजेन्डा भाेली देखि कृष्णनगरकाे हरेक वडामा सफाइ कर्मचारी परिचालन गरि सरसफाईलाई विशेष महत्वताका अगाडि बढाईने निर्णय गरेका छन । साथै नगरपालिका भित्र रहेका एम्बुलेन्सलाई छिट्टै संचालन गर्ने अश्वासन दिएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट