१३ बैशाख २०८१, बिहीबार

‘एक प्रतिनिधि १० प्रश्न’ मा कृष्णनगर नगरपालिकामा माओबादी केन्द्रका शिव प्रसाद कलवारका योजना

  • स्थानिय निकाय निर्वाचनका कपिलबस्तुको लोकप्रिय आनलाइन पत्रिका कपिलबस्तु टाइम्सले तैयार पारेको एक प्रतिनिधि १० प्रश्नमा कृष्णनगर नगरपालिकामा माओबादी केन्द्रका तर्फबाट उमेदवारी दिएका साविकको बहादुरगंज गाबिसका पुर्वअध्यक्ष शिव प्रसाद कलवार (जैसवाल) का उत्तरहरु -:

प्रश्न १. कृष्णनगर नगरपालिका भित्रका फोहोर व्यावस्थानपनका लागि के पहल गर्नु हुन्छ ?
फोहोर व्यवस्थापन नगरपालिकाकोलागि प्रमुख चुनौती हो यसको दिगो व्यवस्थापनका
प्रणालीको लागि मेरो योजनाहरु यस प्रकार छन ।
● उचित उपकरण र सफाई कर्मचारी परिचालन
● संग्रह, परिवहन, उपचार र फोहोरको अन्तिम निपटानकोलागि व्यवस्थापन
● मोबाइल (Apps) को प्रयोग मार्फत फोहोर व्यवस्थापन
● ढल निर्माण र ढल को व्यवस्थापन तथा नियमित सरसफाई
● गुणस्तर कार्य गर्नको लागि उचित अनुगमन र प्रतिकृया

प्रश्न २. प्रावधिक शिक्षाको क्षेत्र विस्तार गर्न तपाईका भावी योजनाहरु के के छन ?
यो क्षेत्र अझै पनि शिक्षाको मामलामा धेरै पछाडी परेकोछ । शिक्षा हाम्रो समाजको मेरुडण्ड
हो । यो मेरो लागि सबैभन्दा प्राथमिकता हो । स्कूल र शिक्षाको गुणस्थर र यसको
व्यावस्थापनका लागि मेरो योजनाहरु यस प्रकार छन्।
● प्राविधिक शिक्षा र पूर्वाधार विकासमा जोर
● विभिन्न प्रकारको कौशल र शिप विकासको कार्यक्रम जस्तै
आधारभूत कम्प्युटर तालिम युवा को लागि सामान्य भाषा (भ्लनष्किज, ब्चबदष्अ) भाषको
प्रशिक्षण, जनरल मेकानिक्स, विद्युत जडान, प्लम्बिङ्ग, केश श्रृंगार, कटाई सिलाई,
इलेक्ट्रोनिक्स मर्मत, मोटरसाईकल मर्मत, अटोमेकानिक्स, कम्प्यूटर, वेल्डिङ्ग, सिकर्मर्ी,
तालीमहरु ।
● विद्यालय र कलेजहरुमा प्राविधिक र व्यावसायिक शिक्षाको पहल
● आवश्यक प्रशिक्षण केन्ऽको स्थापना
● यस नगरपालिकामा कलेज र प्राविधिक संस्थाको स्थापना गर्ने व्यवस्था
 व्यावसायिक र प्रौड शिक्षामा जोड र व्यावस्थापन

प्रश्न ३. किसानको सिचाई, खाद र बीउ जस्ता समास्याहरु लाई कम गर्न कस्ता कस्ता योजनाहरु
छन ?
यस कृषि प्रधान क्षेत्रमा हाल शिचाईको धेरै कमि छ । किसान समयमा पानीको उपलव्धता
नभएर खेति पातिबाट बन्चित हुन्छन् । हामी किसानहरुको सिचाईका लागि बर्षा निर्भर
हुनुपर्छ । यो क्षेत्रमा मेरो ध्यान पुराउनु निकै जारुरी देखेकोले र स्वमं म पनि पिडित मध्ये
एक भएकोले म यो क्षेत्रमा सिचाईको लागि निम्न योजनाहरु कार्यनवयन गर्छु साथै हामीले
विगत दिनमा दिनेश शिवा इन्टरप्राइजेज् मार्फत सिचाईको लागि ४५ वटा वोरिङ्ग र एउट
डिप बोरिङ्ग जडान भैसकेको छ र यस्तो योजनाको लागि म अझै लागि परेकोछु ।
● विद्यमान नहर नलाहरुको व्यवस्थापन साथैविस्तार र नयाा नहर निर्माण
● ताल र पोखरीहरु को व्यवस्थापन
● बोरिङ्ग  को निर्माण
● वर्षाको पानीको संकलन र परिचालन
यो क्षेत्रमा वीउ र मलको चरण अभाव र समस्या देखा परेको छ । हामीले समयमा
गुणस्तरिय वीउ र मल उपलब्ध नभएको कारणले खेति गर्नुबाट बन्चित हुन्छौ र हाम्रो
उप्जनि थोरै मात्रमा सिमित हुन्छ । योहाम्रो किसान को लागि ठूलो समस्या देखा परेको
छ । यसलाई सहज बनाउनको निम्ति मेरो योजना यस प्रकार छनर ।
● बीउ र मलको उचित व्यवस्थापन र स्टककोव्यवस्थापन
● बीउ र मलको समयमा वितरण व्यवस्थापन
● गरिब र पिछडिएका किसानहरूलाई अनुदान र ऋणको व्यावस्था

प्रश्न ४. दलित तथा कमजोर विपन्न परिवारहरुका लागि कस्ता कार्यक्रमहरु छन ?
यस क्षेत्रमा दलित कमजोर र पिछडिएको बर्ग सदियौदेखि सोषित र पिडित छन कोहि घर
विहिन र कोहि जग्गा विहिन छन । उनीहरु आफना दैनिकी चलाउन धेरै सास्ति खेप्नु पर्दछ ।
म पनि एउटा यस्तै परिवारबाट उढेको मान्छे हो र यसको पिडा मलाई पुर्ण रुपले थाहाछ । म
यो समस्यालाई जडदेखि समाप्त गर्न चाहान्छु र सबैलाई सामान्य हक अधिकार र आधारभूत
सुविधा दिलाउनको लागि यी निम्न योजना बनाएको छु ।
● कौशल र शिप विकासकोकार्यक्रम र क्षमता निर्माण कार्यक्रम
● गैर–फार्म (खेत) रोजगारको वृद्धि
● माइक्रो वित्तिय संस्था र क्रेडिट मार्फत  पुजीको पहुच
● गरिब परिवारमा खानाको सुरक्षा सुनिश्चित गर्नको लागि व्यावस्थान
● सब्सिडी मूल्यहरु मा खाना (अनाज र अन्य आवश्यक वस्तुहरु को पर्याप्त मात्रा आपूर्ति
● गरिबहरूलाई लागि विशेष रोजगार योजनाहरु
 भूमि विहिन र घर विहिनको लागि उचित व्यवस्थापन

प्रश्न ५. नगरपालिका भित्रका युवाहरुको वेरोजगारि घटाउन कुन कुन कुरामा।विशेष जोडदिनुहुन्छ ?
यस क्षेत्रमा युवा रोजगारिको लागि निम्न योजानहरु बनाएको छु ।
● लघु उद्यम प्रशिक्षण गर्न प्रोत्साहन र व्यवसाय खोल्नको लागि उचि पुर्वधार
● प्राविधिक शिक्षा र पूर्वाधार विकासमा जोड
● कौशल विकास प्रशिक्षण र कार्यक्रमहरु
● न्यूनतम दर र सजिलो प्रक्रियामा ऋणको उपलब्धता
● बजार व्यवस्थापन र शहरी बजार को पहुच

प्रश्न ६. कृष्णनगर बजारमा हाट बजारको व्यावस्थापन छैन , त्यसपटि केही ध्यान दिनुहुन्छ कि ?

 हाटबजारको व्यवस्थापनको लागि मेरो निम्न योजनाहरु रहेकोछ ।
● स्थानीय बजाकोलागि पूर्वाधार विकास र व्यवस्थापन
● स्थानीय उत्पादन र स्थानीय बजारमा जोड
● आधारभूत सुविधा जस्तै शौचालय, खानेपानी, र बिजुलीको उचित व्यवस्थापन
● स्थानीय बजार लागि उचित ठाउा र सुविधाहरुको व्यवस्थापन
● स्थानीय बजारको लागि सरसफाई र फोहोर निपटानको लागि ठाउा

प्रश्न ७. मुस्लिम बहुल्य यस नगरपालिकामा सो समुदायलाई कस्ता कस्ता अवसर दिने विचार बनाउनु भएको छ ?
यस मुस्लिम बहुल्य क्षेत्रमा मुस्लिम युवा र महिलाहरु अझै वेरोजगार र अशिक्षितको मात्र धेरै
छ । उनीहरुको ससक्तिकरण लागि मेरो निम्न योजनहरु यस प्रकार छन ।
● मदरस्रामा गुणस्तर शिक्षा प्रदान गर्ने योजना
●  मदरस्रा मा नि:शुल्क कम्प्युटर वितरण र तालिम
●  सबै कार्यक्रम मा बराबर अवसर
●  म्हिला, युवा र बालिका लागि विशेष कौशल विकास कार्यक्रम

प्रश्न ८. नगरपालिका भित्र लाग्ने करको दायरा बढी हुन्छ यश नगरपालिका भित्र विपन्न परिवारका लागि करमा केही छुट हुन्छ ?
विपन्न र पिछडिएको बर्गको लागि करमा माफि र नल्निे ठउमा न्युनतम करको र छुटको
व्यावस्थापन

प्रश्न ९. बहादुरगंजलाई खुलादिशा मुक्त कसरी गराउनु हुन्छ जबकि अधिकांश अत्यन्त गरिबी र जग्गा विहिन परिवार बस्छन ।
बहादुरगंज अझैपनि खुल्ला दिशा मुक्त नभएको कारण यहााको कर्मचारिको उचित परिचालन र
बेवास्था देखापरेको छ साथै यस क्षेत्रमा शिक्षा र जनचेतनाको कमि महसुस भएको छ । यस
क्षेत्रको परिवार बस्ने घरहरुमा ठाउाको कमि र पानीको उचित व्यावस्था नभएको कारणले दिशा
मुक्त हुनसकेको छैन । बहादुरगन्जलाई दिशा मुक्त बनाउन मेरो योजनाहरु यस प्रकार छ ।
● जग्गा विहिन परिवारको लागि सार्वजनिक शौचालयकोनिर्माण
● सार्वजनिक ठाउामा सार्वजनिक शौचालय
● शौचालय निर्माण गर्न आर्थिक सहायता
● शौचालय निर्माण गर्न प्राविधिक सहयोग
● शौचालयको सफाई र व्यवस्थापनका लागि जागरूकता कार्यक्रम
 पानी वितरणको उचित व्यवस्था

प्रश्न १०.यस नगरपालिकाका धेरैजसो वडाहरुमा सडक र नालीको उचित व्यावस्थापन छैन तपाईंको
पांच बर्षे कार्ययोजनामा यसलाई कसरी समेट्नुहुन्छ ।
बर्खा आयो र अव बाटोमा हिडनलाई कति सास्ति खेप्नु पर्द त्यो तपाई हामीलाई थाहा नै छ ।
गाउँहरूको सडकको अवस्था दयनियछ र यसको व्यवस्थापन र निर्माणको लागि मेरो योजनाहरु
यस प्रकार छन ।
● (ग्रामीण शहरी लिंकेज) कृष्णनगर र बहादुरगन्जलाई सबै गाउबाट जोडने र यसको लागि
नया सडक निर्माण र भएको सडकलाई मर्मत गुणस्तरता गर्ने
● सडक र ढलको उचित व्यवस्थापन
● नया सडक र ढल निर्माण
● अवस्थित सडक र ढलको मरम्मत र पर्यवेक्षण
● सडक र ढल को आवधिक सर्वेक्षण र निरीक्षण
● सडक र ढल नियमित मर्मत र ढल को सफाइ …….

धेरै कमेन्ट गरिएका

ताजा उपडेट