७ बैशाख २०८१, शुक्रबार

नेपालीसंग रहेको भारु नोट नसाटिने

काठमाडौं ,१९ चैत । कुनै आश्चर्यजनक निर्णय नभएमा अब नेपालीसँग भएका पुराना ५ सय र १ हजार दरका भारु नोट नसाटिने भएको छ । शुक्रबारसम्म नेपाल राष्ट्र बैंकले प्रतिबन्धित नोट सटहीबारे पत्राचार नगरेपछि यो अवस्था आएको हो ।

भारतबाट नोट सटहीमा छलफल गर्न आएको भारतीय रिजर्भ बैंको टोलीले नोट सटहीबारे शुक्रबारसम्म जानकारी गराउन भनको थियो । तर, राष्ट्र बैंकले सटही हुने पैसाको सीमा भारतले निकै कम राखेपछि पत्राचार नगरिएको जनाएको छ ।

भारतले प्रतिब्यक्ती ४५ सय रुपैयाँसम्म सटही गर्ने प्रस्ताव गरेपछि नेपालले त्यसलाई अस्वीकार गरेको छ । नेपालले २५ हजारसम्म सटही गर्न प्रस्ताव गरेको थियो ।

अब भारतले ३१ मार्चसम्म सटहीबारे पत्राचार गर्न भनेपनि पत्राचर नभएपछि नेपालीसँग रहेका प्रतिबिन्धिकत भारतीय नोट सटही नहुने पक्का जस्तै भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । नेपालमा झण्डै २०देखि २५ अर्ब प्रतिबन्धित भारु रहेको अनुमान छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट