१३ बैशाख २०८१, बिहीबार

मन्त्रीपरिषदबाट १४ देशका लागि नेपाली राजदूत नियुक्त ।।

काठमाडौं । मन्त्रिपरिषदको सोमबार बसेको दोस्रो बैठकले सत्तारुढ दलहरुको भागवण्डाका आधारमा राजदूतहरुको नाम सिफारिस गरेको हो ।

सरकारको नेतृत्वकर्ता दल माओवादीको कोटाबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रबहादुर सिंह साउदी अरब र पदम सुन्दास बहराइनका लागि राजदूत सिफारिस भएका छन् ।चारै जना केपी ओली नेतृत्वको सरकारमा पनि राजदूत सिफारिस भएका थिए । तर, सरकार परिवर्तनसँगै राजनीतिक रुपमा नियुक्त भएकाहरुको नाम फिर्ता लिएसँगै उनीहरु राजदूत हुन रोकिएका थिए ।

माओवादी कोटामा राजदूत भएकाहरुमध्ये पदम सुन्दास दलित अधिकारकर्मी हुन् भने महेन्द्र सिंह त्रिविका पूर्वप्राध्यापक हुन् । पहिलो संविधानसभामा एमालेबाट सभासद भएकी लक्की शेर्पा दोस्रो संविधानसभा अघि एमाओवादीमा प्रवेश गरेकी थिइन् ।यस्तै शर्मिला पराजुली ओमानका लागि राजदूत सिफारिस भएकी छिन् । उनी फोरम लोकतान्त्रिकबाट परेकी हुन् ।कांग्रेसबाट ६ राजदूत सिफारिस भएका छन् । अर्जुनजंगबहादुर सिंह दक्षिण कोरिया, भीम उदास म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा यूएईका लागि राजदूत सिफारिस भएका छन् । भीम उदास गैरआवासीय नेपाली संघ एनआरएनका पूर्व उपाध्यक्ष हुन् भने विश्वम्भर प्याकुरेल अर्थशास्त्री हुन् ।

चोपलाल भुसाल कांग्रेस नेतृ पुष्पा भुसालका पति हुन् । उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान, घाँटीको विशेषज्ञ डाक्टरसमेत हुन् ।राप्रपाले तीन राजदूत पाएको छ । प्रतिभा राणा जापान, भरत रायमाझी स्पेन र निरन्जन थापा इजरायलका लागि राजदूत सिफारिस भएका हुन् । रायमाझी र थापा ओली सरकारका पालामा राजदूत सिफारिस भएर नाम फिर्ता लिइएकाहरुको सूचीमा पनि थिए ।रायमाझी नेपाली सेनाका पूर्व सहायक रथी हुन् भने थापा पूर्व गृहराज्यमन्त्री हुन् ।ओली सरकारका पालामा राजदूत सिफारिस भएका खगेन्द्र बस्नेत भने यो पटक परेनन् । उनको नाम काटेर राप्रपाले पूर्व सभासद प्रतिभा राणालाई राजदूत सिफारिस गरेको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट