७ बैशाख २०८१, शुक्रबार

संशोधन प्रस्ताव अपुरो : नेता भट्टराई

naya-sakti-prabeshकपिलवस्तु, २० मङ्सिर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारले हालै संसदमा पेस गरेको संविधान संशोधन प्रस्ताव अपुरो रहेको बताउनुभएको छ । नयाँ शक्ति नेपाल पार्टी अन्तरिम जिल्ला परिषद्ले तौलिहवामा आज आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा संयोजक भट्टराईले आफूहरूले पहिचानका पाँच आधार र सामथ्र्यका चार आधारअनुरुप तराईमा दुई प्रदेश बनाउनु पर्ने विषयमा स्पष्ट गरेको बताउनुभयो ।

संविधानको रक्षा र कार्यान्वयनका लागि संविधान संशोधनको आवश्यकता रहेको संयोजक डा भट्टराईको भनाइ थियो ।
पार्टीका ५ नम्बर प्रदेशका संयोजक डा सुरेन्द्र चौधरीले संविधान केही अपुरो रहेपनि संविधान कार्यान्वयनमा नलागे विगतका आन्दोलनको उपलब्धि गुम्नसक्ने बताउनुभयो ।

कार्यक्रममा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का उपाध्यक्ष दानबहादुर चौधरीसहित विभिन्न नेता, कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गर्नुभएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट