६ बैशाख २०८१, बिहीबार

मोर्चाको माग नै सम्बोधन नहुने संशोधन प्रस्ताव ल्याएमा विद्रोह गर्ने :अध्यक्ष ठाकुर

15202686_1166131280174563_3152593062263103939_nसनिउल्ला धोबी ,कपिलवस्तु मंसीर १३/
तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले अंगिकृत नागरिकलाई उच्च पद सरकारी प्रपोगण्डा भएको बताएका छन् ।कपिलवस्तुको चन्द्रौटामा तमालोपाले अयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रमममा मधेसी मोर्चाका नेता ठाकुरले भने, ‘यो मधेसीको माग होइन, हिजो पहिलो संविधानसभाले नागरिकताको विषयमा जुन सहमति जुटाएको थियो हामी त्यसैलाई लागू गर्नुपर्ने हाम्रो माग हो ।’ ठाकुरले मधेसी मोर्चाको माग नै सम्बोधन नहुने संशोधन प्रस्ताव ल्याएमा विद्रोह गर्ने चेतावनी दिए ।

  15181479_1166131190174572_5181748306670987602_nउनले भने भने, ‘हामीले सरकारलाई आफ्नो मागका बारेमा प्रस्ष्ट रुपमा भनि सकेका छौं, तर सरकारले एक हातमा बन्दुक र अर्को हातमा संशोधनको प्रस्ताव लिएर आयो भने कुनै पनि हालतमा मानिने छैन । डटेर सामना गर्छौं ।’ 

     सो कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रमममा तमलोपका  केन्र्दीय सदस्य तथा पुर्व मन्त्री ईश्वर दायल मिश्रले संविधान संशोधन नभएसम्म कुनै हालतमा चुनाव गर्न नदिने बताएका छन् । उनले भने, ‘मधेसी मार्चाको सहमति विनाको संविधान संशोधन र त्यसपछि हुने निर्वाचनमा हामी भाग पनि लिँदैनौं र निर्वाचन हुन पनि दिँदैनौं ।’

धेरै कमेन्ट गरिएका

ताजा उपडेट