१३ बैशाख २०८१, बिहीबार

कपिलवस्तुमा धर्मको नाममा सर्वाजनिक जग्गा कब्जा गर्ने क्रम बढ्दै .

saniulla
saniulla

सनिउल्ला धोबी, कपिलवस्तु असोज ३०
कपिलवस्तुको शिवराज नगरपालिको विभिन्न स्थानमा धर्मको नामका करोडौको सर्वाजनिक जग्गा कब्जा गरिएको छ । धर्मको नाममा शिवराज नगरपालिकाको केहि जंगल,आठ नंम्बर र अ‍ैलानी जग्गा कब्जा गरी धर्मिक मठ मन्दिर बनाएका छन । कहि मठ मन्दिर बनाउने कार्य भैरहेको छ ।
शिवराज नगरपालिको पिपरीमा सर्वाजनिक जग्गा कब्जा गरी हानुमानको मुर्ती बनाइदै छ । त्यसै गरी चन्द्रौटाको समिती चोक नजिकै महेन्द्रराज मर्ग सगँ सटेर रहेको जंगलको जग्गामा मुर्ती र मन्दिर समेत निर्माण भैसकेको छ । त्यस्तै खरेन्द्रपुर मोडमा जंगलमै देउराली मन्दीर निर्माण गरी करिब चार काठ्ठा जंगल समेत फाडानी गरीएको छ ।

त्यस्तै चन्द्रौटाको बजार पछाडी रहटकोल गाउको पछाडी आठ नम्बर जग्गा कब्जा गरेर ओम शान्तिको भवन बनाइएको छ । ओम शान्तिको भवन निर्माणधिन अवास्था रहेको छ । यसरी करोडौ मुल्य पर्ने जग्गा स्थानियहरुले धर्म कर्मको नाममा कब्जा गर्दा सम्बन्धित निकाय मौन रहेको छ । स्थानिय भन्छन जग्गा कब्जा गर्नु गलत हो । ईश्वरलाई हामीले मन देखी मान्ने हो । सर्वाजनिक जग्गा कब्जा गलत भएको स्थानिय दिपक केसीले बताउनु भयो । समिती चोकमा त बर्षै पिछे सर्वाजनिक जग्गा कब्जा हुदा एक सय मिटरको दुरीमा रहेको बन कार्यलायका कर्मचारी पनि नदेखे जस्तै गरी आखा चिम्लेको स्थानियहरु बताउछन ।
शिवराज नगरपालिकाले यस क्षेत्र भित्र रहेका सर्वाजनिक जग्गा सिमांङन गरेर चाडै नै यस क्षेत्रको जग्गा संरक्षण गर्नूपर्ने हो तर नगरपालिका भएको तिन बर्ष
हुदा पनि कुनै गृहकार्य नगरेको स्थानिय रामराज चौधरीले गुनासो गर्नु भयो । खुल्लम खुल्ला सर्वाजनिक जगा कब्जा हुदा समेत यहाको वन कार्यलाय, प्रशाासन कार्यलाय र नगरपालिकाले कुनै प्रतिक्रिया नदिनु सबैको मिलेमातो रहेको स्थानियले शंका गरेका छन ।  मन्दीर,मस्जीद,गुम्बा हाम्रो धर्मिक धरोहर हो । तर पछिल्लो समय धर्मको नाममा सर्वाजनिक जग्गा कब्जा गर्नु गर्ने शोभानिय नभएको
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु शाखा सभापती विष्णु प्रसाद खतिवडाले बताउनु भयो । राज्यको जग्गाको दुरुपयोग नगरौ सरकारी कार्यलाय स्थापनका लागि पहल गर्न अवश्याक खतिवडाले बताउनु भयो ।

भुमी हिन सुकुमबासी भन्छन मठमन्दिर बनाउनु भन्दा सर्वाजनिक जग्गा हामीलाई दिए बढी धर्म कमाइन्छ । सर्वाजनिक जग्गा कब्जा खुलेआम भैरहादा भुमी हिन सुकुमबासी भन्छन हामीले पनि अब सर्वाजनिक जग्गा कब्ज गर्न सक्छौ त्यसैले यस्तो कार्य रोकिओस् । कपिलवस्तुमा एक हजार भन्दा बढी भुमी हिन सुकुमबासी रहेका छन ।
यता जिल्ला वन कार्यलय कपिलवस्तुका सहयाक वन अधिकृत सुवास चन्द्र दाश भन्नुहुन्छ हामीले अतिक्रमीत जग्गा खाली गराउने कार्य जारी राखेका छौ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हामी धेरै अनुगमन गरेका छौ । पटक पटक जानकारी गराउदा समेत केहि स्थानमा अटेर गरेकोले कानुन बमोजिम कार्वाही प्रक्रिया अगाडी बढाइएको दाशले बताउनु भयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट